काठमाडौं–नयाँ सरकार गठनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो पुुनर्गठनको काम अघि बढाएको छ । नयाँ परिवेशअनुसार सक्रिय र प्रभावकारी बनाउन कार्यालयलाई पुनर्संरचना गर्न लागिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।


ADVERTISEMENT


मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा पुनर्गठनको काम अघि बढिसकेको प्रधानमन्त्री कार्यालयका एक सचिवले जानकारी दिए । ती सचिवले आफ्नो नाम भने खुलाउन चाहेनन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार अहिलेको संरचनाबाट प्रभावकारी कार्यसम्पादन हुन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै पुनर्गठन गर्नुपर्ने इच्छा व्यक्त गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि यही संरचनाबाट प्रभावकारी भूमिका देखाउन नसक्ने निष्कर्ष निकालेको छ ।-आजको नयाँ पत्रिकाबाट