काठमाडौँ– गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै सोमबार ‘तमु ल्होसार’ मनाएका छन् ।


ADVERTISEMENT


‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । तमु ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा पराम्परागत भेषभुषा सहितको सांस्कृतिक प्रदर्शनी गरिएको थियो ।


ADVERTISEMENT

# # #


गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

तमु ल्होसारः जातीय वेशभूषामा नृत्य गर्दै
काठमाडौँ, १५ पुसः
तमु ल्होसारको अवसरमा सोमबार टुडिँखेलमा सांस्कृतिक पहिचान झल्कने जातीय वेशभूषा, गरगहनामा नृत्य गर्दै गुरूङ समुदाय । तमु ल्होसार गुरुङ समुदाय मुख्य चाडको रुपमा मनाउने गर्दछन् । तस्बिरः नारायण न्यौपाने/रासस

तमु ल्होसारका अवसरमा काठमाडौँमा गुरुङ राष्ट्रिय परिषद केन्द्रीय कार्यसमितिले आयोजना गरेको पद यात्रा ¥यालीमा सर्प स्तम्भ लिएर परम्परागत जातीय वेशभूषामा विभिन्न नृत्य प्रस्तुत गर्दै गुरुङ समुदायका नागरिक । यस वर्ष सर्प वर्ष परेको छ । हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले तमु ल्होसारसँगै नयाँ वर्षका रूपमा मनाउने प्रचलन रहेको छ । तस्बिरः हरिराम भेटुवाल/रासस

तमु ल्होसार विशेष कार्यक्रम उद्घाटन गर्दै सञ्चारमन्त्री
सुन्दरबजार (लमजुङ), १५ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ तमु ल्होसारको अवसरमा सोमबार लमजुङको सुन्दरबजारमा आयोजित संयुक्त तमु ल्होसार विशेष कार्यक्रम – २०८१ को उद्घाटन गर्दै । तस्बिरः विराट न्यौपाने/रासस

पोखरामा तमु ल्होसार
अन्नपूर्ण (कास्की), १५ पुसः गुरुङ समुदायको महान् पर्व तमु ल्होसार मनाउन सोमबार कास्कीको पोखरा महानगरपालिका–१० रामघाटस्थित बौद्ध अर्घौं सदनमा सहभागी गुरुङ समुदाय । तस्बिरः धनबहादुर गुरुङ/रासस