काठमाडौँ – न्युरोड टिम (एनआरटी) ललित स्मृति एन्फा यु–१८ युथ लिगमा उपविजेता बनेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको लिगको अन्तिम खेलमा लिग विजेता नेपाल पुलिस क्लवलाई २–१ ले गोल अन्तरले पराजित गर्दै एनआरटी उपविजेता बनेको हो । खेलमा कप्तान सुवास बमले खेलको नवौं मिनेटमा पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । तर, पुकार गोलेले गोल गर्दै एनआरटीलाई खेलमा फर्काए । त्यस्तै ५४औं मिनेटमा अजित तामाङले गोल गर्दै एनआरटीको जित सुनिश्चित गरे । लिगमा संकटा क्लव तेश्रो भएको छ ।
संकटाले मंगलबार नै भएको आफ्नो अन्तिम खेलमा एपिएफलाई ३–१ ले पराजित गरेको थियो । प्रतियोगितामा एपीएफ, चर्च व्याइज फुटवल क्लब, एफसी खुमलटार, मछिन्द्र क्लब, मनाङ्ग मस्र्याङ्दी क्लब, जावलाखेल युथ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लबले सहभागीता जनाएका थिए ।