काठमाडौं- गीतकार तथा संगीतकार मेश बस्नेतको शब्द तथा संगीतमा तयार भएको नयाँ गीत ‘फूल दिएँ फूलै कुल्च्यौ’ सार्वजनिक भएको छ। गीतमा गायक रकेश ओलीको सुमधुर स्वर र संगीत संयोजन रहेको छ।


ADVERTISEMENT


आधुनिक नेपाली गीतका रूपमा तयार गरिएको ‘फूल दिएँ फूलै कुल्च्यौ’ले प्रेम, विश्वास, समर्पण र सम्बन्धमा आउने उतारचढावलाई भावनात्मक शैलीमा प्रस्तुत गरेको छ। गीतका शब्दले मनदेखि गरेको प्रेम र समर्पणको बेवास्ताबाट उत्पन्न हुने पीडालाई मार्मिक रूपमा अभिव्यक्त गरेका छन्।


ADVERTISEMENT

# # #


गीतकार मेश बस्नेतले आफ्ना शब्द र संगीतमार्फत श्रोताको मन छुने प्रयास गरेका छन् भने रकेश ओलीको भावपूर्ण गायन र संगीत संयोजनले गीतलाई थप सशक्त बनाएको छ। शब्द, संगीत र स्वरको सन्तुलित संयोजनले गीतलाई उत्कृष्ट सांगीतिक स्वाद दिएको छ।

गीतसँगै यसको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। सर्जकले दर्शक तथा श्रोतासँग गीत हेरेर र सुनेर आफ्नो सकारात्मक प्रतिक्रिया, सुझाव र सल्लाह दिन आग्रह गरेका छन्।