काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री प्रसाद पाण्डेले नागरिक उड्ययन क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक ऐन संसदको अगामी अधिवेशनमा प्रस्तुत गर्ने बताएका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको र्बठकमा मन्त्री पाण्डेले नागरिक उड्ययन क्षेत्रलाई प्रभावकारी बनाउनका लागि सेवा प्रदायक र नियमन निकायलाई फरक फरक गर्ने गरि बनाइएको विधेयकलाई सदनको आगामी अधिवेशनमा प्रस्तुत गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उहाले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा बैठक सम्पन्न भईसकेको जानकारी दिए । अन्तरमन्त्रालय र अन्तर निकायलाई समन्वयकारी रुपमा अघि बढाउन सके सहज रुपमा काम कारवाही गर्न सकिने उनले जनाए ।

पोखरा र भैरहवाको विमानस्थल नियमित संचालनका लागि समीक्षा भइरहेको भन्दै मन्त्री पाण्डले केही निकायहरू त्यहाँ गएपछि दुईवटा एयरपोर्ट नियमित सञ्चालन हुने दाबी गरे ।

बैठकमा समिति सदस्य पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले निजगढ अन्तराष्ट्रिय बिमानस्थल निर्माणका काममा बिलम्व भएकाले छिटो भन्दा छिटो निर्माण कार्य अघि बढाउन सुझाए । उनले पशुपति लगाएतका स्थानबाहिर फोहर देखिएकाले पर्यटकहरु आएसकेपछि बस्ने र घुम्न जाने ठाँउलाई सुन्दर बनाउनुपर्ने सुझाव दिए ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयले मन्त्रालयका कामकारवाहीको बारेमा जानकारी गराउँदै पुँजी, प्रबिधि, जनशक्तिको सिमितताले अपेक्षा अनुसारको काम गर्न नसकिएको बताएका थिए ।