काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली बिहीबार भण्डारीको बूढानीलकण्ठस्थित निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।
करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिइन्।
पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेमार्फत पुनः राजनीतिमा फर्किने प्रयास गरिरहँदा ओली भने त्यसप्रति सकारात्मक छैनन् । यसैबीच उनीहरुको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।