काठमाडौँ– सामसङले नेपालमा ठूलो क्षमताको २ नयाँ बिस्पोक एआई वाशिंग मशिन सार्वजनिक गरेको छ ।
सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एआई–वाश, र ऊर्जा वचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबलजस्ता अत्याधुनिक सुविधाहरू रहेको आफ्नो नयाँ विस्पोक वाशिंग मेसिन नेपाली बजारमा उपलब्ध गराएको हो ।
स्मार्टथिंगस् एपद्वारा स्मार्टफोनको मार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वाशिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउनको कम्पनीको विश्वास छ ।
यसका साथै यसले व्यक्तिको धुलाईको किसिमलाई बुझ्दै एआई पर्सन्लाइजेसन् सुविधाले उपयुक्त धुलाई साइकल पनि सुझाउने कम्पनीले जनाएको छ । स्पेसम्याक्स टेक्नोलोजीले सानो साइज यो मेसिनलाई घरमा सजिलै फिट हुन सक्छ भने १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्छ ।
कम्पनीका अनुसार, यो इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई वृद्वि गरी गहिराईलाई ६०० एमएममा राखेर कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ। यो नयाँ वाशिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस, र लुगाको सफाईलाई प्राथमिकता दिन्छ। दक्षता, दिगोपन र राम्रो अनुभवमा केन्द्रित भएर, यो मेसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको छ।
१२ केजी लाइन अप दुइवटा फरक मोडलहरूमा उपलब्ध छ डायल कन्ट्रोल भएको WW12DG5B24AXIM र एलईडी डिस्प्ले भएको WW12DG6B24ABIM यी दुवै मोडलहरूको मूल्य क्रमशः रु १,१४,९९० र रु १,२०,९९० रहेको छ ।
यी वाशिंग मशिनलाई सामसङ कन्ज्यूमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्य भरी उपलब्ध गराइएको छ ।