पुस –उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह सुनसरीको पवित्र धार्मिकस्थल चतराधाम पुगेका छन् । उपप्रधानमन्त्री सिंह आइतबार चतरा पुगेर दर्शन गरेका हुन् ।


ADVERTISEMENT


त्यसक्रममा उनले चतरामा हनुमानको आरती गरी महायोगी सिद्धबाबासँग दर्शनभेट समेत गरेका छन् । उक्त अवसरमा जद्गुरू महायोगी सिद्धबाबाले २ अर्बको लगानीमा बन्न लागेको नेपालको ऐतिहासिक श्रीराम मन्दिरको प्रचिन, वर्तमान र आगामी समयमा विश्वको एकमात्र तारकब्रह्म पीठ रहने जानकारी गराए । साथै उनले वराहक्षेत्र चतराधाम समस्त आदिवैदिक सनातनीहरूको गन्तव्य स्थल बन्ने बताए ।


ADVERTISEMENT

# # #


उपपप्रधानमन्त्री सिंहले बराहक्षेत्रको धार्मिक पर्यटन विकासकामा आफ्नो साथ रहिरहने बताउँदै चतरा र जगतगुरु महायोगी सिद्धबाबाको दर्शन पाउँदा आफू धन्य भएको बताए । उनीसँगै वराहक्षेत्रका नगर प्रमुख, सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत पनि चतरा पुगेका थिए ।