काठमाडौँ– उपप्रधान एवं शहरी बिकास मन्त्री प्रकाशमान सिंहले कलाकारलाई कदर गर्दै नयाँ पुस्तालाई कला क्षेत्रमा आउन प्रेरित गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवसका अवसरमा विभिन्न कलाकारलाई सम्मान तथा पुरस्कार वितरण गर्दै सिंहले सो राय व्यक्त गरेका हुन् ।
अरनिकोको स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा नेपाल कमर्सियसल आर्टिष्ट संघले कलाकारहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
सो क्रममा कलाकारहरुलाई हेम–गंगा युवा कला प्रतिभा पुरस्कार, ज्ञानी शाह क्यान अमूर्त कला सम्मान, बालकृष्ण स्मृति कला लगाएतका १५ विधामा पुरस्कार प्रदान गरिएको थियो ।