काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा भएको चिनियाँ परियोजना बीआरआई सम्झौतालाई ऋणलाई नभइ अनुदानमा अघि बढाउने सहमति भएका


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदका प्रश्नको जवाफ दिनेक्रममा परराष्ट्रमन्त्री राणाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदान मात्रै लिने कुरामा सरकार स्पष्ट रहेको बताएकी हुन् । पटकपटक अध्ययन गरेर बीआरआईलाई अघि बढाइएको भन्दै उनले राष्ट्रहित अनुसार नै अघि बढाइएको दाबी गरिन् ।


ADVERTISEMENT

# # #


उनले भनिन्, ‘मैँले चिनियाँ परराष्ट्रमन्त्रीसँग हामी कूल ग्राहस्थ्य उत्पादनको ४१ प्रतिशत भन्दा बढी ऋणमा रहेकाले हामी ऋण लिने अवस्थामा छैनौँ, बीआरआईमार्फत हामी तपाईंहरुबाट सहयोग र अनुदान मात्रै अपेक्षा गरेका छौँ भनेर मैँले भनेकै हो ।’

नेकपा एमालेले बीआरआईमार्फत ऋण समेत लिन सकारात्मक रहे पनि प्रमुख सत्ता साझेदार ऋण नभई अनुदान मात्रै लिनुपर्ने अडान राख्दै आएको छ ।