काठमाडौँ– चितवनको देवघाटमा शुरु भएको देवघाट महामहोत्सवमा कथा वाचनको लागि आइपुगेकी ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभालाइ चितवनको भरतपुर महानगरपालिकाले स्वागत गरेको छ ।


ADVERTISEMENT


भरतपुर महानगर प्रमुख रेनु दाहालले देवी प्रतिभालाई महानगरमा स्वागत गरेकी हुन् । सो अवसरमा महनगर प्रमुख दाहालले देवी प्रतिभा देशको गौरव भएको उल्लेख गरिन् ।


ADVERTISEMENT

# # #


भरतपुर महनगरले जनचाहना अनुरुपको बिकासका कामलाइ प्राथमिकता दिएको उल्लेख गर्दै उनले भरतपुर क्षेत्रको प्रचार र प्रवर्दनमा भुमिका खेल्न आग्रह पनि गरिन् । सो अवसरमा देवी प्रतिभाले भरतपुर टेक्ने बित्तिकै बिकासको गति देखेर आफू खुशी भएको प्रतिक्रिया दिइन् ।

देवी प्रतिभाले अब १० दिनसम्म देवघाटमा कथा प्रवचन गर्ने कार्यक्रम रहेको महामहोत्सवका संयोजक डा केशव भुर्तेलसे जानकारी दिए । देवघाटधाममा मातापिता आश्रम निर्माणको लागि माघ ३० गतेसम्म देवघाट महामहोत्सव चल्ने बताइएको छ ।