काठमाडौँ– बलिउड अभिनो सैफ अलि खानमाििथ छुरा प्रहार भएको छ ।
बिहिवार बिहान २ बजे बान्द्रास्थित उनको घरमा अज्ञात समूहहरु घरभित्र पसी अभिनेता खानमाथि छुरा प्रहार गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।
खानको शरीरमा ६ पटक चक्कु प्रहार भएको थियो । एउटा प्रहार उनको स्पाइनल कर्ड नजिकै भएको बताइएको छ । उनलाई तत्कालै लिलावती अस्पताल पुर्याएको थियो ।
अहिले उनको सर्जरी भइरहेको र अवस्था स्थिर रहेको जनाइएको छ ।


























































