संखुवासभा– जिल्लाको सभापोखरी गाउँपालिका ६ बाह्रविसे बजारमा आगलागी हुँदा ५ वटा घर जलेर नष्ट भएको छ ।
आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बुको एकएकवटा र सुरेश तामाङ्गको २ वटा घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । राम बहादुर राईको घरवाट आगलागी शुरु भएको थियो ।
नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


























































