काठमाडौँ– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा ४८ वर्षीय ललीत केसी रहेका छन् । उउनी दोलखा जिल्लाको तामाकोशी गाउँपालिका-१ का स्थायीवासी हुन् । ललितपुर, टीकाथलीमा डेरा गरी बस्ने उनले आफ्नो नाम बाहेक अन्य थप परिचय नखुलाएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


उनी हिजो साँझ बबरमहलबाट पक्राउ परेका हुन् । प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको उनको म्याद आज थप गरिदैँछ ।

अधिवक्ता त्रिपाठीले बुधवार पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिाछनेको विपक्षमा अदालतमा बहस गरेका थिए । बयान सकेर अदालतको आदेशको पर्खाइमा रहेको समयमा त्रिपाठीमाथि आदलात परिसरमै हातपात भएको थियो ।