काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार संसद भवन बानेश्वरमा बसेको विपक्षी दलको बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले सरकारले अलोकतान्त्रिक काम गरेको भन्दै वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको टिप्पणी गरेका हुन् ।


ADVERTISEMENT

# # #


संविधान संशोधनका लागि भन्दै रातारात सरकार परिवर्तन गर्ने र अहिले २०८७ मा मात्रै संशोधन हुन्छ भन्ने अभिव्यक्तिको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले बताए । उनले संविधान संशोधनका लागि मात्रै २०८७ सम्म प्रधानमन्त्री केपी ओलीलाई टिकाउन नसकिने स्पष्ट पारे ।

‘सरकारको काम सन्तोषजनक छैन । सबै क्षेत्रमा यसको काम अत्यन्तै अलोकतान्त्रिक पनि छ ।’ उनले भने, ‘संविधान संशोधनजस्तो कुरामा अरु कुनै पार्टीसँग परामर्श गर्दै नगरी रातारात संविधान संशोधन गर्ने भनेर सहमति गर्नुपर्ने कारण के थियो ? त्यो अहिलेसम्म किन अघि बढेन ? यसकै लागि अब यो सरकारलाई ८७ सालसम्म टिकाइ राख्नुपर्ने ?’

अध्यक्ष नेपालले सरकार परिवर्तन मुख्य चासोको विषय नभएको र आफूहरुले जनताको चासोलाई उजागर गर्न मात्र खोजेको तर्क गरे । सरकारले सदनलाई बेवास्ता गरी मनपरि ढंगले आग्रह पूवाग्रहका साथ चल्न थाले सडक र सदनबाट सशक्त संघर्ष गर्ने उनले बताए ।

उनले विपक्षी दलले जनता र राष्ट्रलाई केन्द्रविन्दुमा राखेर अघि बढ्ने र सरकारको गलत कामको जनतामाझ नांगेझार बनाउने धारणा राखे ।