काठमाडौं–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भ्रष्टाचार र दण्डहीनता अन्त्यका लागि कुनै सम्झौता नगर्ने बताएका छन् ।


ADVERTISEMENT


सोमबार प्रदेशसभा बैठकमा संबोधन गर्दै मुख्यमन्त्री राईले भष्टाचार र दण्डहीनता अन्त्यका लागि शून्य सहनशीलताको नीति लिने बताएका हुन् ।


ADVERTISEMENT

# # #


प्रदेश सरकार सय दिनको योजना तयारीमा लागेको भन्दै उनले आफ्नो कामको प्राथमिकताको सूची तयार गरी सय दिने योजना सार्वजनिक गर्ने जानकारी दिए ।

प्रदेशमा धेरै ऐन कानुनहरु निर्माण गर्नुपर्ने भएकाले प्रदेश सरकार कानुन निर्माणमा केन्द्रित हुने र ठूला आयोजना अनुगमन तथा गुणस्तर कायममा पनि उत्तिकै ध्यान दिने मुख्यमन्त्री राईले बताए ।