हेटौडा । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले नेपालमा खेलकुदको क्रेज बढ्दै गएकोले खेलकुद गतिविधिको निमित्त राज्यले त्यही अनुसारको लगानी गर्नु पर्ने उनले बताए। चाहे विद्यार्थी होस् वा युवाहरु होस् कुनै न कुनै खेल संग आबद्ध भएकै हुन्छ।
अहिले नेपालको खेलाडीहरु आफ्नो खेलकुदको बायोडाटा राम्रो बनाउने, राम्रो देशको भिषा लाउने साथै रोजगारको निमित्त उतै पलायन हुने,विकराल परिस्थिति किन भई रहेको छ, राज्यले बुझ्न जरुरी छ।
राज्यले अब खेलाडीहरुलाई नेपालमै बसेर खेल्ने बाताबरण बनाउनु सक्नु पर्छ। त्यस्को लागि खेलकुद भौतिक पुर्वाधारको ब्यबस्था गर्नु पर्यो, खेलाडीहरुको जिविकोपार्जन गर्न सक्नु पर्यो।
यति गर्ने सक्यो भने युवाहरु बिदेश पलायन हुनबाट रोक्न सकिन्छ। होईन भने अबको १० बर्षमा नेपालमा युवाहरु देख्न पाउने अवस्था रहदैन। बाल्यकाल देखि खेलकुद क्षेत्रमा लागेका मन्त्री महर्जन करातेको अन्तर्राष्ट्रिय खेलाडी भएकै कारण खेलकुद प्रती निकै चासोका साथ
लिने गर्छन् । मन्त्री महर्जन खेलकुद जगतका निकै लोकप्रिय मानिन्छन् ।



























































