काठमाडौँ– रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको सहकारी अपचलन सम्बन्धीको थुनछेक बहस न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा परेको छ ।
बुधबार अदालत खुल्लेबित्तिकै रूपन्देही अदालत हाजिर भएका रविविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार मुद्दा दायर भएको थियो ।
लामिछानेको तर्फबाट बहस गर्न कानून व्यवसायी नारायणदत्त कंडेल भैरहवा पुगेका छन् भने रुपन्देहीमै रहेका कानून व्यवसायी गोविन्दप्रसाद मरासिनीलगायतले बहस गर्ने गर्नेछन् ।



























































