काठमाडौं–जिल्ला अदालत, कैलालीमा उपस्थित भएका टीकापुर घटनाका अभियुक्त रेशम चौधरीको बयान सकिएको छ । अहिले बहस सुरु भएको छ । लामो समयदेखि फरार रहेको चौधरी सोमबार आफैं अदालतमा उपस्थित भएका थिए । न्यायाधीश परशुराम भट्टराईको इजलासमा चौधरीले बयान दिएका छन् ।


ADVERTISEMENT


अहिले बादी–प्रतिवादीका वकिलको बहस सुरु भएको छ । चौधरीको तर्फबाट मिलनकुमार राई, गंगा उपाध्यायसहित तीन वकिलले बहस गर्नेछन् । कैलाली १ मा प्रतिनिधिसभा सदस्यको चुनाव जितेका चौधरीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका–चोरी मुद्दा लगाइएको छ ।


ADVERTISEMENT

# # #


७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ८ सुरक्षाकर्मीको हत्या भएको छ । घटनाको मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा परेपछि उनी फरार छन् । चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् ।