काठमाडौं–अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा गाई मारेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।


ADVERTISEMENT


भुमीकास्थान नगरपालीका–२ स्थित भाटेकापोखरामा ३ वटा गाई कुटपिट गरी मारेको भन्दै स्थानीय ५३ वर्षीय यमबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।


ADVERTISEMENT

# # #


भाटेकापोखरा निवासी वलदेव भाटको २ वटा गाई र सोहि ठाउँ निवासी यमबहादुर खत्रीको एउटा गाई गरी ३ वटा गाईको शंकास्पद अवस्थामा मृत्यु भएको थियो।

प्रहरी कार्यालयमा गाई मरेको जानकारी प्राप्त हुनासाथ गएको प्रहरी टोलीले यमबहादुरको गाईलाई खाल्टो खनि पुरेको र वलदेवको गोठमा २ वटा गाईहरु मृतक अवस्थामा रहेको फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदिप डिसीले बताए।

गाईको शरीरमा चोटपट्क देखिएकाले मृत्यु स्वभाविक नभई कुटपिट गरी मारेको देखिएकोले वर्ष ५३ को यम बहादुर खत्रीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।