सुर्खेत(रासस)– दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गर्न थालिएको छ । कर्णाली प्रदेशबाट लामो दूरीमा सञ्चालन हुने सवारी साधनलाई दुर्घटनाबाट बचाउन प्रदेश सरकारको ४० बुँदे योजनाअनुसार जिपिएस जडान गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताए ।


ADVERTISEMENT


कर्णाली प्रदेशको कर्णाली राजमार्गका केही स्थानमा सञ्चार सम्पर्क हुन नसक्ने हुँदा उक्त प्रणाली जडान गरेपछि सवारी साधन कहाँ, कति दूरीमा पुग्यो भन्ने थाहा पाउन, तत्काल दुर्घटना भएमा त्यसको जानकारी पाउन र उद्धार गर्न सहज हुने उनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


पहिलो चरणमा प्रहरीका सात वटा गाडीमा र सार्वजनिक यातायातका एउटा गाडीमा आजै जिपिएस जडान गरिएको मन्त्री भण्डारीले जानकारी दिए । कर्णाली राजमार्गअन्तर्गत सबै ठाउँमा सञ्चार सम्पर्क नहुने भएकाले कालीकोटको कालिका डाँडामा नेपाल टेलिकमको रिपिटर टावर राखिएमा कर्णाली राजमार्गका सबै सडकमा जिपिएस ट्र्याकरका माध्यमबाट सम्पर्क हुने उनको भनाइ थियो ।

डिजिटल प्रदेश निर्माणअन्तर्गत पहिलो चरणमा गाडीमा जिपिएस जडान गरिएको र भोलि प्रादेशिक राजधानी वीरेन्द्रनगर नगरपालिकाको वडा नं ६ को केन्द्रमा सामुदायिक साइरन जडानसमेत गरिने भएको छ ।