काठमाडौँ– ललितपुर महानगरपालिकाले साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरेको छ ।


ADVERTISEMENT


आइतबार ललितपुरमा विशेष कार्यक्रमको आयोजना गर्दै महानगरले ट्राफिक प्रहरी कार्यालयसंगको समन्वयमा साप्ताहिक ट्राफिक सचेना कार्यक्रम शुभारम्भ गरेको हो ।


ADVERTISEMENT

# # #


सडक सुरक्षाका लागि जनचेतना फैलाउने र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ साप्ताहिक ट्राफिक सचेना कार्यक्रमको शुभारम्भ गरिएको ललितपुर महानगरका प्रमुख चिरिबाबु मर्हजनले जानकारी दिए ।

उहाले ललितपुर महानगरभित्र रहेका स्मार्ट ट्राफिक लाइट २४ सै घण्टा सञ्चालन हुने बताए । स्मार्ट ट्राफिक लाइटको नियम उलंघन गरेको विवरण सिस्टममा रेकर्ड हुने भएकाले नियम उलंघन गर्नेलाई अव कारवाही गर्ने उनले बताए ।

साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत ललितपुरको महानगर प्रहरी, ट्राफिक प्रहरी र स्वयंसेवकहरुले चोक चोकमा बसेर ट्राफिक सचेतना प्रदान गर्ने बताइएको छ ।