काठमाडौँ– भारतले दुई नेपाली भाषीलाई पद्मश्री पुरस्कारबाट सम्भानित गर्ने भएको छ ।
भारतले ७६ औं गणतन्त्र दिवसको अवससरमा दुई नेपाली भाषीलाई पद्मश्री पुरस्कारले सम्मानित गर्ने घोषणा गरेको हो ।
सम्मानित हुनेमा आसामकी वरिष्ठ साहित्यकार प्रो. गीता उपाध्याय र सिक्किमका वरिष्ठ नेपाली लोक कलाकार नरेन गुरुङ रहेका छन् ।