काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदीय दलको बैठक डाकेको छ । एमालेका प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौलालेयही माघ १५ गते नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिए।
उनले बैठकमा यही माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी र आगामी संसद् अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने बताए ।