काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने संसद सचिवालय पुगेका छन्।


ADVERTISEMENT


आफ्नो सांसद पद निलम्बनको फुकुवा निवेदन लिएर रवि शुक्रवार बिहान संसद सचिवालय पुगेका हुन्। भर्खरै सभामुख घिमिरेसँग उनको भेट सुरु भएको छ ।


ADVERTISEMENT

# # #


सभामुख देवराज घिमिरेसंगको भेटमा उनले निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गर्ने बताएका छन्।

निवेदन फुकुवाको निवेदन विधिवत् दर्ता भइरहेको सभापति लामिछानेको सचिवालयले जनाएको छ।