काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले सरकारका काम कारवाही र अध्यादेशका विषयमा आ–आफ्नो धारणा राखेका छन् ।


ADVERTISEMENT


संसद् भवनस्थित ल्होत्से हलमा बसेको बैठकमा सांसदहरुले धारणा राख्ने क्रम नसकिएपछि माघ २४ गते फेरि दलको बैठक बस्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम कुमार घिमिरेले जानकारी दिए । उनका अनुसार, २४ गते बस्ने बैठकमा सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले जवाफ दिनेछन् ।


ADVERTISEMENT

# # #


बैठकमा पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणका विषयमा भएको विवादबारे पनि छलफल भएको उनले बताए ।