काठमाडौं–नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडालाई तीन सुझाव दिएका छन् ।


ADVERTISEMENT


भट्टराईले अनुत्पादक क्षेत्रमा भइरहेको लगानी र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित हुन सुझाव दिएका हुन् । उत्पादन वृद्धि, कर असुली र नाफा वृद्धिमा ध्यान दिन नवनियुक्त अर्थमन्त्री डा. खतिवडालाई सुझाव दिएका छन् ।


ADVERTISEMENT

# # #


डा। भट्टराईले खतिवडा अर्थमन्त्रीमा नियुक्त भएलगत्तै सामाजिक सञ्जाल (ट्विटर) मार्फत सुझाव दिएका हुन् ।

भट्टराइले नयाँ अर्थमन्त्रीले राष्ट्रियधन्धा बनेको पैसा खेलाएर पैसा कमाउने, जग्गा किनेर जग्गा बेच्ने, पैसाले सत्ता किन्ने, सत्ताले पैसा कमाउने प्रवृत्तिलाई कडासंग रोक्नुपर्ने बताएका छन् ।