काठमाडौँ – कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियानको शुभारम्भ गरेका छन् ।


ADVERTISEMENT


सुनसरीको बर्जु गाँउपालिका स्थित राम सीता माध्यमिक विद्यालय खोप केन्द्रबाट उनले शुभारम्भ एचपिभी खोप अभियानको शुभारम्भ गरेका हुन् । सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले सरकारले सिमित साधन स्रोतबाट जनताको जीवन सुरक्षाका लागि खोप कार्यक्रम संचालन गरिरहेकोले यसबाट भरपुर फाइदा लिन आग्रह गरे ।


ADVERTISEMENT

# # #


उनले कोशी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश भएकाले सम्बन्धित सबैलाई सबै खोप दिने वातावरण बनाउन सबैको सहयोग आवश्यक भएको धारणा राखे । एचपिभी खोप आगामी वर्षदेखि नियमित खोपमा समावेश हुने भएकाले यसपटकको खोप अभियानलाई पूर्ण सफल बनाउन उनले आग्रह गरे ।

खोप अभियान अन्र्तर्गत कोशी प्रदेशका २ लाख ६५ हजार ९ सय १८ जना ६ कक्षा देखि १० कक्षामा अध्ययनरत तथा १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई खोप दिने कार्यक्रम रहेको छ । कोशी प्रदेशका सुनसरी, ताप्लेजुङ, धनकुटा लगायत ८ जिल्लामा माघ २२ गते देखि, मोरङ, उदयपुर सहित ४ जिल्लामा माघ २३ गते देखि र इलाम र संखुवासभामा माघ २७ गते देखि खोप अभियान संचालन हुने र फागुन ४ गते समापन भएपछि छुटेका किशोरीहरुलाई खोप लगाइने स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।