काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले हिजो दोस्रो पटक सरकार विस्तार गरे । मन्त्रीपरिषद्मा केही नयाँ अनुहार थपिएसंगै विभिन्न खालका चर्चा र बहस उत्पन्न भएका छन् । विशेषगरी अर्थमन्त्रीमा डा युवराज खतिवडा नियक्त भएपछि अलि बढी चर्चा सुरु भएको छ ।


ADVERTISEMENT


यसका बारेमा युवा संघ नेपालका अध्यक्ष राजीव पहारी यस बारेमा टिकाटिप्पणी गर्नु उपयुक्त नभएको बताउँछन् । ‘विभिन्न क्षेत्रका विज्ञ योगदान र इतिहास भएका व्यक्तित्वहरुलाई मन्त्री परिषद्मा समेटिएको छ । यो स्वागत योग्य कुरा हो ।’ उनले भने, ‘दुईपटक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा गर्भनर भएर काम गरेकालाई अर्थमन्त्री बनाउनु राम्रो काम हो । मुलुकको आर्थिक सुशासन र अर्थ व्यवस्थालाई व्यवस्थीत गर्न उहाँको महत्वपुर्ण सहयोग पुग्ने छ र भोली समृद्ध नेपाल निर्माणको निम्ती पनि यसले ठुलो सघाउ पुग्नेछ ।’


ADVERTISEMENT

# # #


पार्टीको स्थायी कमिटीले नै मन्त्री नियुक्त गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएकाले कोही कसैले विरोध गर्न नहुने बताए । उनले भने, ‘ पार्टीको स्थायी कमिटीले नै प्रधानमन्त्रीलाई मन्त्रीहरु छान्नको लागि पुर्णरुपमा अधिकार दिएको थियो । प्रधानमन्त्रीले जुन ढङ्गबाट मन्त्री चयन गर्नुभएको छ, यो चयन एकदम उपयुक्त छ र सबै चरणलाई समेटेर भोली सरकारले पुर्णता पाउने छ ।’

बिहानले दिउसोलाई संङ्केत गरेझैँ मन्त्रीहरुको चयनले पाँच वर्षे नेपालको भविष्य निर्धारण गर्ने भएकाले यसमा पार्टी एकदमै सजक रहेको उहाँको भनाई थियो ।

मन्त्री छनोटको विषयलाई लिएर सामाजिक सञ्जालमा अहिले विरोधका स्वरहरु क्रमशः सुनिन थालेका छन् । प्रधानमन्त्री ओलीलले पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष युवराज खतिवडालाई हिजो अर्थमन्त्रीमा नियुक्त गरेका थिए ।