काठमाडौँ– पूर्वयुवराज पारस शाहले मंगलबार बिहान टेकुस्थित पचली भैरवमा पुगेर पुजा अर्चना गरेका छन् । आफ्ना निकटतम् सहयोगीका साथ मन्दिर पुगेका पारस निकै दुब्लो देखिएका छन् ।


ADVERTISEMENT


नेपालबाट राजतन्त्र हटेसँगै थाइल्याण्डमा बस्न थालेका उनी २०६९ साल फाल्गुन ८ मा अचेत भएर लडेसँगै ११ दिनसम्म बेहोस भएका थिए । त्यस घटनापछि एक महिना उपचार गरेर पूर्ण निको भएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो ।


ADVERTISEMENT

# # #


यस्तै उनी २०७१ असारमा थाइल्याण्डमा नै गाँजासहित पक्राउ परेका थिए । त्यसबेला उनले केही दिन थाई प्रहरीको हिरासतमा नै बस्नु परेको थियो । सो घटनापछि थाइल्याण्ड छाडेर नेपाल बस्न थालेका पारस कहिले काँही मात्रै सार्वजनिक कार्यक्रमहरुमा देखिने गरेका छन् ।

पछिल्लो समय पारस निकै धर्मकर्म गरिरहेका छन् । केही साताअघि मात्रै पशुपतिको दर्शन गर्न निस्किएका उनी आज पचलीमा पुगेका हुन् ।