काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याएको अध्यादेशविरुद्ध सदनमा शसक्त रुपमा धारणा राख्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा बुधबार बसेको रास्वपा संसदीय दल बैठकले ६ वटा अध्यादेशविरुद्ध विरोधका सूचना दर्ता गरेको भन्दै अध्यादेशविरुद्ध सदनमा शसक्त धारणा राख्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


बैठकले संसदको चालू अधिवेशनको पहिलो बैठकको आकस्मीक समयमा सभामुखले बोल्न समय नदिएकोप्रति आपत्ति जनाउदै आगामी बैठकको आकस्मीक समयमा बोल्न समय माग गर्ने निर्णय गरेको छ । यस्तै बैठकले संसदमा विचाराधीन विधेयकलाई अध्ययन गर्नका लागि पार्टीको विधेयक अध्ययन समितिलाई सक्रिय बनाउने निर्णय गरिएको रास्वपा सचेतक निशा डाँगीले जानकारी दिइन् ।

त्यस्तै आगामी दिनका संसदको बैठकका शुन्य र विशेष समयमा पार्टीको एजेण्डा र जनताका आवाजलाई प्रभावकारी ढंगले उठान गर्ने निर्णय गरिएको सचेतक डाँगीले बताइन् ।