काठमाडौं – पिंक केयरएथन चैत ९ गते हुने भएको छ ।


ADVERTISEMENT


महिलाको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले लेजर पोर्ट नेपालले केयरएथन गर्न लागेको हो । केयरएथनमा महिलाको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना हुनेछ ।


ADVERTISEMENT

# # #


यसअघि काठमाडौं पिंकाथनको नाममा हुने गरेको यो कार्यक्रम यस पटक अझ नेपालीपन झल्किने गरी काठमाडौं पिंक केयरएथन नाममा आयोजना गर्न लागिएको बताइएको छ ।

लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म तीन वर्ष काठमाडौं पिंकाथन आयोजना गरेको थियो ।