ओखढुङ्गा–ओखलढुंगा सदरमुकाममा व्यवस्थित बसपार्क नहुँदा दुर्घटनाको जोखिम बढेको छ । जिल्लाभित्र तथा जिल्लाबाहिर चल्ने सवारीसाधन सडक छेउमै पार्किङ गरिदा दुर्घटनाको जोखिम बढेको हो ।


ADVERTISEMENT


सिद्धिचरण नगरपालिका ११ स्थित रमाईलोडाँडामा बसपार्क निर्माणका लागि पहल भएपनि पुर्णता नपाउँदा सवारीसाधन सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ । काठमाडौ–ओखलढुंगा हुदै सोलुखुम्बुसम्म आवतजावत गर्ने सयौँ सवारीसाधनलाई जिल्लामा रोक्न बसपार्क नहुँदा सडक किनारामै सवारीसाधन पार्किङ गर्नुपरेको चालकहरुको भनाई छ । ‘हाम्रो रहर हैन बाध्यता हो यहाँ बसपार्क छैन के गर्नु सडकमै राख्नुपर्या छ’ एक चालकको भने ।


ADVERTISEMENT

# # #


बसपार्क नहुँदा सवारीसाधनका लागि जिल्ला भित्रिने तथा बाहिरिने केन्द्रबिन्दुको रुपमा रहेको रमाईलोडाँडामा सवारीसाधनको जाम हुने गरेको छ । यस क्षेत्रमा साना तथा ठुला सवारीसाधनहरु सडकमै पार्किङ गरिदाँ ट्राफिक ब्यवस्थापनमा समेत समस्या भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका ट्राफिक ईन्चार्ज तेज बहादुर बस्नेतले बताए ।

‘बसपार्क अभाब छ गाढी राख्ने ठाउँ छैन , एउटा बसपार्क भएचाहि यो जाम हुने समस्या कम हुन्थ्योकि’ बस्नेतले भने । यसअघि बसपार्क निर्माणको प्रकृया सुरु भएको भएपनि सेनाको नाममा जग्गा देखिएपछि दुई वर्षदेखि काम रोकिएको थियो । नेपाली सेनाको जंगी अड्डाले उक्त जग्गा नगरपालिकालाई दिन मञ्जुर भएको पत्रमा रक्षा मन्त्रालयले सहमति जनाईसकेको छ ।

अब जग्गा नामसारी गरी बसपार्क निर्माणलाई तीव्रता दिने सिद्धिचरण नगरपालिका ११ का वडाअध्यक्ष विनोद केसीले बताए । ‘नामसारी गर्न त्यती सजिलो रहेनछ मैले यो असारदेखि निरन्तर त्यसमै लागिपरेको छु । अब अन्तिम चरणमा पुगेका छै’ केसीले भने ।

बसपार्क निमार्णकै लागि यसअघि नगर विकास तथा नेपाल सरकार लगायतका निकायहरुबाट रकम बिनियोजन गरि जग्गा खरिद गरि निमार्ण कार्य अघि बढेको थियो । तर, सोही जग्गा नेपाली सेनाको नाममा रहेको पाइएपछि निमार्णको कामनै स्थिगित भएको छ । यसले गर्दा सवारीसाधन सडकमै पार्किङ गरिँदै आईएको छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको सरोकारवालाको भनाई छ ।