काठमाडौँ विद्यार्थी संगठन अनेरास्ववियुका नेताले ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेका छन् ।


ADVERTISEMENT


गए राति विद्यार्थी संगठन अनेरास्ववियुका केही नेताहरुले दरबारमार्गअन्तर्गतको केशरमहल बिटबाट खटिएको क्विक रेस्पोन्स टीम (क्युआरटी) का प्रहरीमाथि राति १२ बजे आक्रमण भएको हो ।


ADVERTISEMENT

# # #


विद्यार्थी नेताको आक्रमणबाट प्रहरी हवल्दार जगुलाल घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । प्रहरी जवान नगेन्द्रराज विष्टको आँखा र अन्य भागमा गम्भीर चोट लागेको प्रहरी स्रोतले जनाएको छ ।

उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । क्युआर टोलीले प्रयोग गर्ने मोटरसाइकल र हेलमेट पूर्ण रूपमा क्षति भएको छ । ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।