काठमाडौँ– काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डसँग खेल्दै छ ।


ADVERTISEMENT


त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्दै छ । नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् ।


ADVERTISEMENT

# # #


नेपालका लागि राजमती ऐरीले टी–२०आई क्रिकेटमा डेब्यू गर्दै छिन् । राजमती यसअघि एसीसी एसिया कप २०२४ को टोलीमा पनि परेकी थिइन् तर कुनै खेल भने खेलेकी थिइनन् ।

नेपालले यसअघि नेदरल्यान्ड्ससँग ३ र थाइल्यान्डसँग २ म्याच खेल्दा कुनै पनि जित निकाल्न सकेन । उपाधि होडबाट बाहिरिइसकेको अन्तिम खेलमा सुखद नतिजा निकाल्न आतुर छ । यद्यपि, उपाधि दावेदार थाइल्यान्ड नेपालका लागि सहज टीम होइन ।

आजको खेल नेपालको लागि प्रतिष्ठाको मात्र विषय भए पनि थाइल्यान्ड र नेदरल्यान्ड्सको उपाधि भिडन्त पनि हो । थाइल्यान्डले नेपाललाई हराए उपाधिमा कब्जा गर्ने छ । तर, नेपालले थाइल्यान्डलाई हराएको खण्डमा रन रेटको आधारमा थाइल्यान्ड र नेदरल्यान्ड्समध्ये एक विजेता हुनेछन् ।