काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले रवि लामिछानेको सांसद पद तत्काल निलम्बन फुकुवा गर्न माग गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै अर्यालले प्रतिनिधिसभाको नियमावलीअनुसार थुनामा नरहेको बेलामा सांसद पद निलम्बन नहुने व्यवस्था रहेको भन्दै लामिछानेको सांसद पद तत्काल निलम्बन फुकुवा गर्न माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले रास्वपा सभापति लामिछानेमाथि सरकारले प्रतिशोध साधेको अवस्थामा सार्वभौम संसदले पनि सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको जिकिर गरे ।

उनले रास्वपा सभापतिमाथिको प्रतिशोधको मूल्य सरकारले चुकाउनुपर्ने उल्लेख गरे ।