काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आगामी २१ गते निर्वाचन हुने भएको छ । संसदीय दलको निर्वाचन समितिको मंगलबार बसेको बैठकले नेता चयनका लागि २१ गतेका दिन निर्वाचनको मिति तोकेको हो ।


ADVERTISEMENT


बैठकले निर्वाचन प्रारम्भदेखि मतदानको अन्तिम परिणाम घोषणा सम्मका सम्पूर्ण कार्य सञ्चालनका लागि निर्वाचन निर्देशिका पनि पास गरेको छ । त्यसैगरी निर्वाचन समितिका सचिवमा केन्द्रीय कार्यालयका सचिव केशव रिजाललाई तोकेको छ । संसदीय दलका नेताका लागि २० गते उम्मेदवारी दर्ता गर्नुपर्ने भएको छ ।


ADVERTISEMENT

# # #


२१ गते अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठक बोलाइएकाले त्यस अघिनै नेता चयन गरेर सोको नतिजा संघीय संसद सचिवालयलाई जानकारी गराइसक्ने गरि तयारी गरिएको नेता चीनकाजी श्रेष्ठले जानकारी दिए ।

कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दाबी गर्दै आएका छन् । यद्यपि, सर्वसम्मतिबाट नै संसदीय दलको नेता चयन गर्नका लागि आन्तरिक छलफल भइरहेको बताइएको छ ।