काठमाडौँ– सिरियामा बहुराष्ट्रिय सेनाले निर्दोष जनतामाथि चरम दमन गरेको भन्दै मंगलबार संयुक्त विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण जनाएका छन् ।


ADVERTISEMENT


आज एक प्रेस विज्ञप्ती जारी गर्दै विद्यार्थी संगठनले उक्त धटनाको घोर भत्सर्ना गरेका हुन् । जारी विज्ञप्तीमा भनिएको छ, ‘सिरियामा सुरु भएको हिंसात्मक घटनाले हामी नेपालमा क्रियाशील विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । पाँच सयभन्दा बढी निर्दोष जनताले ज्यान गुमाएको यस घटनामा एक सय पचास भन्दा बढी बालबालिकाले ज्यान गुमाएका छन् । हामी उक्त नरसंहारको घोर भत्सर्ना गर्दछौँ ।’


ADVERTISEMENT

# # #


सिरियामा भएको बमबारी र नरसंहार तत्काल रोक्न, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा पारित युद्ध विरामको प्रस्तावलाई तत्काल लागू गर्न माग गर्दै विद्यार्थी संगठनले वार्ताको लागि मार्ग प्रशस्त गर्न सिरियाली सरकार र विद्रोहीहरुलाई आग्रह पनि गरेका छन् ।

यस्तै संयुक्त राष्ट्रसंघलाई सिरियाली जनताको जीवन रक्षाका लागि प्रभावकारी भूमिका खेल्न संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय मार्फत ज्ञापन पत्र समेत पठाएका छन् ।