काठमाडौँ – जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले सरकारमा जान कुनै बार्गेनिङ नगरेको स्पष्ट पारेका छन् ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष यादवले पार्टी सरकारमा जाने अवस्थामा नरहेको भन्दै सरकारमा जान कुनै बार्गेनिङ नगरेको स्पष्ट पारेका हुन् ।
उनले आफ्ना पार्टी र आफुविरुद्ध नियोजित रुपमा चलाइएको भ्रममा कुनै सत्यता नरहेको जिकिर गरे । अध्यक्ष यादवले सरकारले ल्याएको अध्यादेश संसदको कार्यसूचीमा आउने बित्तिकै आवश्यक निर्णय लिइने बताए ।
अध्यादेशका बारेमा पार्टी अध्ययनकै क्रममा रहेको उनले बताए । उनले आफ्नो पार्टीका कारण अध्यादेश नअड्किएको समेत बताए ।


























































