काठमाडौँ – नेकपा एमालेका नेता पदम गिरीले जनतालाई भ्रम फैलाएर निराशाका खेती नगर्न माओवादीलाई सुझाव दिएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै गिरीले माओवादी अध्यक्ष प्रचण्डले सदनमा तथ्यहीन ढंगले सरकारमाथि आरोप लगाएको भन्दै जनतालाई भ्रम फैलाएर निराशाका खेती नगर्न माओवादीलाई सुझाव दिएका हुन् ।


ADVERTISEMENT

# # #


विना तथ्य बजारमा उठेका र नियोजित विषयलाई उठाएर प्रधानमन्त्रीको बद्नाम गर्न खोजिएको उनले बताए ।

गिरीले बजारको हल्लाका आधारमा प्रधानमन्त्रीविरुद्ध अनुसन्धान गर्ने भए क्यान्टनमेन्टको पैसा दुबईका बैंकमा, अमेरिकाको बैंकमा रहेका विषयमा रहेको विषयमा पनि अनुसन्धान हुनुपर्ने धारणा राखे ।

सदनमा प्रचण्डले तथ्यलाई बङ्ग्याएर संसदको रोष्टमबाट भ्रमको तुवालो छर्ने काम गरेको भन्दै सडकमा बोल्ने मान्छेले जसरी प्रस्तुत नहुने प्रचण्डलाई सुझाव दिए ।

उनले अध्यादेशका विषयमा पनि भ्रम छर्ने काम भएको भन्दै प्रचण्ड प्रधानमन्त्री हुँदा अध्यादेश ल्याएको विषयलाई नभुल्न आग्रह गरे ।