काठमाडौँ– एआईजी दिपक थापा इन्टरपोलको एनसीबी प्रमुखहरूको सम्मेलनमा सहभागी भएका छन्।


ADVERTISEMENT


इन्टरपोलको मुख्यालय फ्रान्सको लियोनमा सभा आयोजना भईरहेको सभामा महानिरीक्षक वसन्तबहादुर कुँवरको प्रतिनिधिका रूपमा एआईजी थापा सहभागी भएका हुन्।


ADVERTISEMENT

# # #


१९६ देशमा फैलिएको इन्टरपोलको प्रत्येक देशको कानून कार्यन्वयन ईकाईका प्रमुख नेशनल सेन्ट्रल ब्यूरो प्रमुख हुने गर्दछ । सभामा अन्तराष्ट्रिय अपराध रोकथामका लागि सदस्य राष्ट्रहरूबीच सहकार्यका विषयमा छलफल हुनेछ।

उनीसँगै इन्टरपोल शाखाका एसपी कोमल शाह समेत सहभागी छन्।

एआईजी थापाले बुधबार नेपालका तर्फबाट बालबालिका बिरूद्व हुने अपराधमा नेपालको वर्तमान अवस्थाका विषयमा प्रस्तुतीकरण दिनेछन्।