काठमाडौँ– उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक क्षेत्रमा उपलब्ध अवसरको अधिकतम उपयोग गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


नेपाल विद्यार्थी सङ्घ पाटन संयुक्त क्याम्पस एकाइले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सिंहले मुलुकका शैक्षिक प्रतिष्ठानबाट गुणस्तरीय सेवा प्रवाह भएकाले स्वदेशमा नै उपलब्ध अवसरको अधिकतम उपयोग गर्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


अहिले नेपालमै बसेर प्रविधिको उपयोग गर्दै विभिन्न विषयमा अध्ययन गर्ने अवसर धेरै रहेको उनको भनाई छ । पहिलेको तुलनामा अहिले मुलुकको शिक्षा क्षेत्रमा निकै सुधार भएको उनले जनाए ।

विसं २०७२ को भूकम्पबाट क्षति भएको पुस्तकालय नेपाल विद्यार्थी सङ्घ पाटन संयुक्त क्याम्पस एकाइका विद्यार्थीले पुनर्निर्माण गरि बुधबार नै क्याम्पसलाई हस्तान्तरण गरेका थिए ।