काठमाडौँ– सभामुख देवराज घिमिरेले बोल्ने समय नदिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठ आक्रोश हुँदै सदनबाट बाहिरिएकी छन् ।
श्रेष्ठले सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्न सभामुखसँग श्रेष्ठले समय मागेकी थिइन् । यद्यपि सभामुखले उनलाई बोल्न समय दिएनन् । त्यसपछि सांसद श्रेष्ठ बैठक छाडेर बाहिरिइन् ।
बैठकमा रास्वपाबाट आकस्मिक समयमा मनिष झा बोलेका थिए । आकस्मिक समय सकिएर सुन्य समय सुरु हुन लाग्दा उठेर टेबल ठटाएकी श्रेष्ठले सभामुखको रुलिङ अश्वीकार गर्दै औंला ठड्याएर आक्रोश व्यक्त गरिन् । तर सभामुखले समय नदिएपछि उनी झोक्किदै बाहिरिएकी हुन् ।