काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले बिनाअक्सिजन १० पटक सगरमाथा चढेका आङरिता शेर्पाको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।


ADVERTISEMENT


मन्त्री गिरी टाउको, कलेजोमा समस्या देखिएपछि एक हप्तादेखि न्युरो अस्पतालमा उपचार गराइरहेका शेर्पालाई आज अस्पतालमा भेट गरी जानकारी लिएका हुन् ।


ADVERTISEMENT

# # #


स्वास्थ्यस्थितिबारे जानकारी लिँदै उनले स्वास्थ्य उपचारका लागि राज्यले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताए ।मन्त्री गिरीले बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरेर मुलुकको इज्जतलाई उचाइमा पुर्याएको भन्दै शेर्पाको उपचारका लागि मन्त्रिपरिषद्मा समेत कुरा लैजाने स्पष्ट पारे ।

सो भेटमा मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारी तथा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीको पनि उपस्थिति रहेको थियो । सोलुखुम्बुमा जन्मेका शेर्पालाई ‘हिँउचितुवा’ को उपनामबाट समेत चिनिन्छ ।