काठमाडौं – नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई गिरफ्तार गर्ने तयारी भएको छ । कपिलबस्तु जिल्ला प्रहरीले प्रक्राउ पुर्जी जारी गरेको हो ।


ADVERTISEMENT


विप्लवको घरमा पुर्जी टाँस भएको छ । जिल्ला प्रहरी कार्यलय कपिलबस्तुको प्रहरी निरीक्षक केशवराज ज्ञवालीले पक्राउ पुर्जी टाँस भएको पुष्टी गरे ।


ADVERTISEMENT

# # #


उनका अनुसार भोजपुर जिल्ला अदालतले विस्फोट पदार्थ र ज्यान मार्ने उद्योग मुद्दामा उपस्थित गराउन पत्रचार गरेपछि कपिलबस्तु प्रहरीले पुर्जी टाँस गरेको हो

विप्लव लामो समयदेखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।  नेकपाका नेताहरुको पुर्जी टाँसका विषयमा प्रतिक्रिया पनि पाएको छ ।

नेकपाका पोलिटव्यूरो सदस्य भरत बमले विप्लवको घरमा पक्राउ पुर्जी टाँस गरिएको बताए ।

आफ्नो फुसवुक वालमा महासचिव विप्लवलाई वारेन्ट जारी गरेपछि के हुन्छ ?  भन्ने प्रश्नसहित त्यसपछि उत्पन्न हुने राजनीतिक अबस्थावारे लेखेका छन् ।

नेता बमले यसले राज्यले लिने नीति स्पष्ट गरेको र अब आफ्नो पार्टी त्यहीँ अनुसार अगाडि बढने बताए ।