• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




नेप्से परिसूचकमा लगातार दोहोरो अङ्कको वृद्धि

Feb 18, 2025 |

नेप्से परिसूचकमा लगातार दोहोरो अङ्कको वृद्धि

578
SHARES
ShareTweet

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार दोहोरो अङ्कको वृद्धि देखिएको छ ।


ADVERTISEMENT


आइतबार १९ दशमलव ५६ र सोमबार २९ दशमलव ८७ अङ्कले बढेको नेप्से परिसूचक आज ११ दशमलव ९१ अङ्कले बढेको हो । शून्य दशमलव ४३ प्रतिशतको वृद्धिपछि नेप्से परिसूचक दुई हजार ७३९ दशमलव ८२ को विन्दुमा कायम भएको छ ।


ADVERTISEMENT

# # #


आज ३१४ कम्पनीको एक करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर ९९ हजार ५८५ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ४३ करोड ७० लाख छ हजार २१४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैङ्किङ शून्य दशमलव २२, लगानी एक दशमलव २४, जीवन बीमा एक दशमलव ७४, निर्जीवन बीमा शून्य दशमलव ३०, व्यापार शून्य दशमलव ४१ र अन्य समूह तीन दशमलव ६७ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ ।

विकास बैङ्क एक दशमलव ७४, वित्त एक दशमलव ५०, होटेल तथा पर्यटन एक दशमलव ०४, जलविद्युत् शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०६, लघुवित्त शून्य दशमलव ७९ र म्युचुअल फन्ड शून्य दशमलव ०५ प्रतिशतले घटेको छ । वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, इमर्जिङ नेपाल लिमिटेड र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, सप्तकोशी डेभलपमेन्ट लिमिटेड र कुमारी डिभेन्चर–२०८६ को शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड अगाडि देखिएको छ । यो कम्पनीको आज रु ८२ करोड दुई लाख ३६ हजार ९१० बराबरको आठ लाख ९३ हजार ८५ कित्ता शेयर किनबेच भएको छ ।


#
#

#









#




#


#


Share:

Rate:

Previousपानीजहाज विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयो
Nextकेआईआईटीमा भएको घटना सम्बन्धमा सदनमा जानकारी गराइयोस् : राजेन्द्र लिङ्देन

ताजा खबर

  • रविन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ
  • खेलकुद, साहित्यक तथा पर्यटन महोत्सव-२०८२ : टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
  • औषधि लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधि उपलब्ध गराउन सहजीकरण समिति गठन

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved