काठमाडौँ – नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युका सम्बन्धमा अनुसन्धान गर्न स्थानीय प्रहरीले भारतको ओडिसास्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)का ५ जना अधिकारीलाई प्रक्राउ गरेको छ ।
प्रहरीले मंगलबार केआईआईटीका तीन निर्देशक र दुई सुरक्षा गार्डसहित पाँच अधिकारीलाई पक्राउ गरेको भारतीय सञ्चामाध्यम इण्डिया टुडेले जनाएको छ । समाचार अनुसार प्रकृतिको मुत्युको विरोधमा उत्रिएका नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गरेको र विश्वविद्यालयबाट निकाला गर्नेसम्मका कार्य गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा दुई सुरक्षा गार्ड रमाकान्त नायक र जोगेंद्र बेहरा रहेका छन् । यस्तै विश्वविद्यालयका तीन अधिकारीहरू सहित पहिचान गरिएको छ। उनीहरूलाई न्यायिक हिरासतमा राखिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा विश्वविद्यालयका विद्यार्थी अद्विक श्रीवास्तबलाई सोमवारै पक्राउ गरेर अनुसन्धान थालिसकेको थियो ।
आइतबार साँझ केआईआईटीमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल विश्वविद्यालयको होस्टेलमा मृत भेटिएकी थिइन् । उनी पूर्वप्रेमी भारतीय दविक श्रीवास्तवले शारीरिक र मानिसक यातना दिएकाले आत्महत्या गर्न बाध्य भएको भन्दै घटनाको छानबिनका लागि नेपाली विद्यार्थीले प्रदर्शन गरेका थिए ।
तर, विश्वविद्यालयका अधिकारीहरूले न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका ५ सय भन्दा बढी नेपाली विद्यार्थीलाई भौतिक आक्रमणका साथै गालीगलौच गर्दै विश्वविद्यालयबाट जबरजस्ती निकालेको थियो ।
नेपालको कुटनीतिक पहलपछि विश्वविद्यालयले सार्वजनिक रुपमा मार्फ माग्दै नेपाली विद्यार्थीलाई फिर्ता बोलाएको छ । यस्तै विद्यार्थीमाथि दुर्व्यवहार गर्ने कर्मचारीलाई समेत निलम्बन गरिएको जनाएको छ ।