काठमाडौं – काठमाडौंमा स्मोकिङ जोन नहुँदा नो स्मोकिङ जोन नियम कार्यान्वयनमा समस्या देखिएको छ । काठमाडौं महानगरपालिकाले गएको शुक्रबारदेखि औपचारिक रुपमा काठमाडौंका सार्वजनिक स्थानहरुमा सुर्तिजन्य पदार्थ निषेधित क्षेत्र लागु गरेको थियो ।


ADVERTISEMENT


महानगरपालिकाले उक्त नियम लागु गरे पनि यसको सफल कार्यान्वयन चुनौतीपूर्ण देखिएको छ । महानगरपालिकाले काठमाडौंका कुनै पनि स्थानमा स्मोकिङ जोन घोषणा नगरी नो स्मोकिङ नियम ल्याउँदा यस नियमको कार्यान्वयन चुनौतीपूर्ण हुने महानगरपालिकाकै कर्मचारीहरुको भनाइ छ ।


ADVERTISEMENT

# # #


हाल काठमाडौं महानगरपालिकामा कार्यरत सफाइ कर्मचारीसहित २० प्रतिशत कर्मचारीले धूमपान गर्ने सहरी स्वास्थ्य महाशाखाको प्रारम्भिक अनुमान छ । महानगरपालिकामै कार्यरत कर्मचारीहरुले धूमपान गर्ने स्थान नभएका कारण महानगरपालिकाकै शौचालय र भवनपछाडि लुकेरसमेत धूमपान गर्ने गरेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यो नियम लागु गर्नुपहिले पनि यस्ता विषयमा प्रशस्त अन्तक्र्रिया र छलफल गरिसकेकाले अब आएका समस्याहरुलाई समाधान गरिँदै लैजाने बताएका छन् । “प्रहरी, ट्राफिक प्रहरी, वडाध्यक्ष र स्थानीय बुद्धिजिवीहरुसँग पर्याप्त छलफल पहिलै गरिसकेकाले यो समस्या समाधान गर्दै लैजानुपर्छ,” मेयर शाक्यले भने ।