काठमाडौँ– पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफू आज अपराह्न अस्पतालबाट डिस्चार्ज भएको जानकारी गराएका हुन् ।
पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचाररत थिए ।
सोही घटनामा परी अर्थमन्त्री विष्णु पौडेल पनि उनीसंगै घाइते भएका थिए । मन्त्री पौडेलको भने दुई दिनअघि नै डिस्चार्ज भइसकेका छन् ।