काठमाडौँ– भारतीय मुख्यमन्त्री मोहन चरण माझीले भारतको ओडिशास्थित केआईआईटी विश्वविद्यालयमा घटेको घटनामाथि न्याय गरिने बताएका छन् ।
नेपाली काउन्सिलरद्वयसंजीव दास शर्मा र नवीन राज अधिकारीसँग कुरा गर्दै मन्त्री माझीले विश्वविद्यालयका नेपाली विद्यार्थी मृतक प्रकृति लम्सालको मुद्दामा न्याय प्रदान गरिने आश्वासन दिएका हुन् ।
उनले केआईआईटी क्याम्पसमा शान्ति र सामान्यता पुनर्स्थापित हुने भन्दै नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन र आफ्नो पढाइ पुनः सुचारु गर्न आग्रह समेत गरेका छन् ।
केआईआईटीमा सामान्य अवस्थाको पुनर्स्थापनालाई सुनिश्चित गर्न मन्त्रीद्वय मुकेश महालिङ र सूर्यवंशी सुरज, मुख्य सचिव मनोज आहुजा सहित नेपालका अधिकारीहरूसँग स्टेट गेस्ट हाउसमा छलफल गरिएको छ ।
यसका साथै, नेपालका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले यस विषयमासुरजसँग फोनमा संवाद गरेकी छन् ।